बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ विश्व रेकर्ड कायम

कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ विश्व रेकर्ड कायम

मेगा खबर संवाददाता

२९, आषाढ २०७७
  • 1.4K
    SHARES

  • कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ विश्व रेकर्ड कायम

    विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले आइतबार कोरोना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको जनाएको छ।

    रोयटर्समा प्रकाशित सामाचारका अनुसार आइतबार २४ घण्टाको अवधिमा २ लाख ३० हजार ३ सय ७० संक्रमित फेला परेपछि नयाँ रेकर्ड कायम भएको हो।

    थपिएका धेरै संक्रमित अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाबाट रहेका छन्। यसअघि जुलाई १० मा सबैभन्दा धेरै संक्रमित फेला परेका थिए। सो दिन २ लाख २८ हजार १ सय २ जना संक्रमित फेला परेका थिए।

    मृतक संख्या भने ५ हजारमा स्थिर रहेको छ।

    पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड ३० लाख नाघेको छ ।

    यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५ लाख ६५ हजार पार भएको छ।

    सोमवार, आषाढ २९ २०७७०१:०७:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार