बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोना संकटको क्षति माग्दै प्रदर्शन

कोरोना संकटको क्षति माग्दै प्रदर्शन

मेगा खबर संवाददाता

२९, आषाढ २०७७
  • 1.6K
    SHARES

  • कोरोना संकटको क्षति माग्दै प्रदर्शन

    काठमाडौं । सरकारले कोरोना भाइरसका कारण देश आर्थिक संकटमा गएको भन्ने भ्रम फैलाएको भन्दै इजरायलमा प्रदर्शन भएको छ ।
    इजरायलको तेल अभिभमा भेला भएका हजारौं प्रदर्शनकारीले कोरोनाका कारण सर्वसाधारणले व्यहोरेको क्षतिको रकम भुक्तानी गर्न ढिलाइ गरेको भन्दै सरकार विरोधी नारा लगाएका थिए ।

    युवा युवतीको संख्या उल्लेख्य रहेको प्रदर्शनमा व्यापारी र मजदुर पनि सहभागी थिए । कोरोनाका कारण आफूहरुले आर्थिक संकटको सामना गरिरहेको र सरकारले ठोस योजना नल्याएको प्रदर्शनकारीको आरोप छ । प्रदर्शनमा सहभागीले मास्कको प्रयोग गरे पनि सामाजिक दूरी भने कायम गरेका थिएनन् ।

    प्रदर्शन अघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले केही व्यापारी र मजदुरहरुसँग भेट गरी मुलुक आर्थिक संकटको बिषम परिस्थिति भोग्न बाध्य भएको भन्दै क्षतिपूर्ति वापत पारिश्रमिक दिन ढिलाई भएको जानकारी दिंदै छिट्टै समाधान गर्ने आश्वासन दिनुभएको थियो । प्रधानमन्त्रीको आश्वासनप्रति असन्तुष्टि जनाउँदै उनीहरुले प्रदर्शन गरेका हुन्

    सोमवार, आषाढ २९ २०७७११:५४:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार