बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नदीमा बगेका बालक भारतमा मृत भेटिए

नदीमा बगेका बालक भारतमा मृत भेटिए

मेगा खबर संवाददाता

२९, आषाढ २०७७
  • 2.2K
    SHARES

  • नदीमा बगेका बालक भारतमा मृत भेटिए

    बैतडी । चमेलिया नदीमा बगेर आइतबार बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृतावस्थामा फेला परेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ६ चौसेराका ९ वर्षीय रुपेश नाथ मृतावस्थामा फेला परेका हुन् ।

    डिलाशैनी वडानम्बर ६ डडियास्थित चमेलिया नदीमा आइतबार दिउँसो २ बजे बगेका बालक साँझ ७ बजे महाकाली नदीपारि भारतको झुलाघाटमा मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

    नदीमा बगेर आएको बोतल समात्न खोज्दा बाख्रा चराउन चमेलिया नदी किनार गएका रुपेश बगेको गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मनोजसिंह साउदले बताउनुभयो ।

    बालकको शव परीक्षण भारतमै गरिने र आज झुलाघाट नाका खोलेर नेपाल ल्याइने प्रहरी नायव उपरीक्षक अधिकारीको भनाइ छ । ‘भारतीय प्रशासन र प्रहरीसँग समन्वय भएको छ’, उहाँले भन्नुभयो, ‘बालकका दुई जना आफन्तलाई पारि पठाउन भनेको र सोमबार शव ल्याउन नाका खोल्ने सहमति भएको छ ।’

    सोमवार, आषाढ २९ २०७७११:३९:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार