मुम्बई – बलिउड अभिनेता अनुपम खेरको परिवारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
अभिनेता खेरले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नी आमा र परिवारका अन्य सदस्यमा कोरोना संक्रमण भएको बताएका छन् । उनले आमालाई आइसोलेसन वार्डमा सिफ्ट गरिएको पनि जनाएका छन् ।
अनुपमले आमासहित भाइ, बुहारी र भतिजीलाई कोरोना संक्रमण भएको बताउँदै ट्वीटमार्फत स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।
यसअघि बलिउड सेलिब्रेटी अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय र अभिषेक र ऐश्वर्याकी छोरी आरध्या बच्चनमा पनि कोरोना संक्रमण देखिएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।