काठमाडौं, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालबाट बुधबार डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमण पुष्टि भएपछि दुईपटक अस्पताल भर्ना भएका मदनकृष्ण अघिल्लो साता घर फर्किएका थिए । उनलाई गत शुक्रबार राति छाती दुखेपछि मध्यरातमै गंगालाल अस्पताल लगिएको थियो। उनका छोरा यमन श्रेष्ठले आफ्ना बाबुलाई ५ दिनपछि घर ल्याएको जानकारी दिए ।
बुवालाई अहिले सन्चो भएको छ । डाक्टरले बुवालाई ४ हप्ता जति रेष्ट गर्ने निर्देशन दिनुभएको छ। त्यसपछि डाक्टरहरूको निर्देशन लाई ध्यान राखी फेरी आफ्नै निर्देशनमा जिन्दगीलाई त्यहि ऊर्जा लिएर अगाडि बढाउनुहुनेछ,उनले भने ।
अस्पतालमा शनिबार नै उनको मुटुको एन्जियोप्लास्टी मेडिकल प्रोसिड्युरबाट दुईवटा स्टेन्ट राखेर मुटुमा रक्तसञ्चारको ब्लकेज ह्टाइएको उनले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।