बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जब सडकमा साढे ३ महिनापछि देखियो सार्वजनिक बस

जब सडकमा साढे ३ महिनापछि देखियो सार्वजनिक बस

मेगा खबर संवाददाता

२८, आषाढ २०७७
  • 2.0K
    SHARES

  • जब सडकमा साढे ३ महिनापछि देखियो सार्वजनिक बस

    रूपन्देहीमा सार्वजनिक गाडी सञ्चालनमा आएका छन् । कोरोना महामारीले चार महिनादेखिको लकडाउनले ठप्प भएको ‘पब्लिक ट्रान्सपोर्ट’ आइतबारदेखि सञ्चालनमा आएको हो ।

    लुम्बिनी मेट्रोसिटी प्रालिले आफ्ना वातावरण अनुकूलित (एसी) बस बुटवल–भैरहवा रूटमा सञ्चालनमा ल्याएको छ । प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले गृह मन्त्रालयले छोटो दुरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समन्वय गरी सञ्चालनमा ल्याएको बताए ।

    अध्यक्ष अधिकारीले भने, ‘सरकारको निर्देशन बमोजिम सुरक्षा अपनाएर हामीले गाडी सञ्चालनमा ल्याएका छौं ।’ समिति मातहतमा ८ वटा एसी बस छन् । ती गाडी एकरएक घण्टामा छुट्नेछन् ।

    बुटवल बर्दघाट रुटमा पनि गाडी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । अब यात्रुले बुटवल भैरहवाको भाडा ९० रुपैयाँ तिर्नुपर्नेछ । सामान्य अवस्थामा यो रुटमा भाडादर ६० रुपैयाँ थियो ।

    यात्रुलाई बसमा चढाउनु अगाडि स्यानिटाइजर र थर्मल गनले ज्वरो जाँच गर्ने, बसभित्र भौतिक दुरी कायम गरिने, सह–चालकलाई पीपीई लगाएर मात्र काम गर्न लगाउने, यात्रुलाई मास्कको अनिवार्य व्यवस्था लगायतका सुरक्षा प्रवन्ध मिलाएर बस सञ्चालनका ल्याएको गाडी धनी प्रकाश पुनले बताए ।

    कोरोनाका त्रासका बीच गाडी सञ्चालनमा ल्याएको हुन सक्ने भएकोले र त्यसबाट जोखिम हुने डरले यात्रुहरूको संख्या न्यून रहेको पुनले बताए ।

    आइतवार, आषाढ २८ २०७७०१:५९:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार