बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विश्वमा कोरोना अपडेट : कुन देशमा कस्तो छ महामारीको पछिल्लो अवस्था ?

विश्वमा कोरोना अपडेट : कुन देशमा कस्तो छ महामारीको पछिल्लो अवस्था ?

मेगा खबर संवाददाता

२८, आषाढ २०७७
  • 1.5K
    SHARES

  • विश्वमा कोरोना अपडेट : कुन देशमा कस्तो छ महामारीको पछिल्लो अवस्था ?

    विश्वभर कोरोना भाइरस ९कोभिड(१९०को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ७४ लाख ७८ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

    कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ७४ लाख ७८ हजार १ सय २९ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ५ लाख ६७ हजार ६२८ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड २८ लाख ४१ हजार ५०४ छ ।

    सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ३७ हजार ४०३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ३३ लाख ५५ हजार ६४६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६१ हजार ७१९ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ७३२ जनाले ज्यान गुमाएका छन् ।

    अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या १८ लाख ४० हजार ८१२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ९६८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ७१ हजार ४९२ पुगेको छ ।

    छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२ हजार ६८७ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा २७ हजार ७५५ जना नयाँ संक्रमित थपिएका छन् ।

    आइतवार, आषाढ २८ २०७७०१:०५:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार