बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई कोरोनाभाइरस संक्रमण देखिएको छ । आफुहरुलाई कोरोनाभाइरसको संक्रमण भएको बारे अभिनेता अभिषेकले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी गराएका हुन् । उनले आफु र बुबा अमिताभलाई कोरोना संक्रमण भएको बताएका छन् ।
उनले ट्वीटरमा भनेका छन्, ‘मेरा बुवा र मलाई कोरोना संक्रमण भएको छ। हामी दुवैलाई कोरोनाका सामान्य लक्षणहरू देखा परेका छन्। हामीले सबै सम्बन्धित निकायलाई खबर गरिसक्यौं र हाम्रा परिवारका अन्य सदस्यहरूको पनि परीक्षण भइरहेको छ। म सबैलाई शान्त रहन र नआत्तिन आग्रह गर्छु। धन्यवाद’
उनीहरुलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि बलिउडका कलाकार र प्रशंसकहरूले अमिताभ र अभिषेक दुवैलाई स्वास्थ्य लाभको कामना गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।