बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बबईको बाढीमा पतिपत्नी बेपत्ता

बबईको बाढीमा पतिपत्नी बेपत्ता

मेगा खबर संवाददाता

२८, आषाढ २०७७
  • 2.1K
    SHARES

  • बबईको बाढीमा पतिपत्नी बेपत्ता

    बर्दियामा स्थानीय बबई नदीले बगाउँदा पतिपत्नी बेपत्ता भएका छन्।

    बबईमा आएको बाढीले बगाउँदा ठाकुरबाबा नगरपालिका–४ बगनाहाका ३२ वर्षीय जितबहादुर थारू र उनकी पत्नी २६ वर्षीया राजकुमारी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

    बबईको बाढीले बगाएर ल्याएको दाउरा संकलन गरेर फर्कने क्रममा शनिबार बाढीमा बगेर उनीहरु बेपत्ता भएका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बबई नदीको खैलार बनकट्टीघाट उनीहरु बगेर बेपत्ता भएका हुन्।

    चौधरी दम्पती नदीमा बगेको बाख्रा चराइरहेका एक जनाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। बेपत्ता दम्पतीको खोजी भइरहे पनि फेला पार्न नसकिएको प्रहरीले जनाएको छ।

    आइतवार, आषाढ २८ २०७७११:५८:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार