बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जिप दुर्घटनामा एकको मृत्यु

जिप दुर्घटनामा एकको मृत्यु

मेगा खबर संवाददाता

२८, आषाढ २०७७
  • 1.6K
    SHARES

  • जिप दुर्घटनामा एकको मृत्यु

    रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकास्थित फायरलाइनमा बलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । स्थानीय हरैयाबजारबाट फायरलाइनतर्फ आउँदै गरेको बा१५च ९३८९ नंको बलेरो अनियन्त्रित भई सालको रुखमा ठोक्किएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीले जनाएको छ ।

    सो दुर्घटनामा गम्भीर घाइते सिद्धार्थनगर नगरपालिका–११ बस्ने करिब ३८ वर्षीय सुरज खड्काको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुर रुपन्देहीका प्रहरी निरीक्षक इन्द्र चौधरीले जानकारी दिए। शनिवार बेलुका भएको सो दुर्घटनामा चार घाइते भएका छन् । 

    आइतवार, आषाढ २८ २०७७११:५३:२९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार