सुरेस तिमल्सिना
रोईरहेछ सिन्धुपाल्चोक
दैव तेरो मायाँको खेलले आज मेरो यो गति पार्दियो " केही काम विशेषले गर्दा म सिन्धुपाल्चोक बाट केही दुरि टाढा रहेको चितवनमा थिए असार २५ गते बिहिबार बिहान साढे ४ बजेको थियो एक्कासी ममिले फोन गर्नुभयो आत्तिएर फोन उठाए अनि ममिले रुदै भन्नुभयो भाग्यमानी रहेछु तिमी संग फोनमा बोल्न पाए आजको रात मैले मुत्यु लाई जितेको छु ।
मेरि आमा मात्र हैन बारम्बार को कटाइ बाट अचानो सरि छियाछिया परे झै प्रत्येक बर्षको प्राकृतिक प्रकोप बाट जमिन उथलपुथल भएर कयौं क्षति बेहोरिरहेको सारा सिन्धुवासि र सिन्धुपाल्चोक रोएको दिन हो असार २५ गते । भविष्यको लागि कयौं सपना बुन्दै गर्दा मध्यरातमा नै आधा सपना देख्न नपाउदै भोटेकोसी संगै कहिले पूरा नहुने गरि अस्ताएका ती सपनाहरु अधुरो रहेको दिन असार २५ गते यो मीतीले फेरि सिन्धुवासी लाई कहिलै नमेटिने घाउ लगाएको छ ।
बिहिबार अविरल बर्षा संगै आएको बाढीपहिरो को कारण बाह्रविसे नजिक रहेको जम्बु बजारका कयौं घरपरिवारहरु भोटेकोसी संगै बगेका छन , नदिको कटानले गर्दा जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध भएको छ भने केही समय अगाडि देखि बाट मात्रै सन्चालनमा आएको अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको सडक पनि विभिन्न स्थानमा भत्किएको छ , खगदलमा कयौं परिवार घरवारविहीन भएका छन । अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनी भाग, बाह्रबिसे इप्रका चौकी छेउ, खाग्दलदेखि जम्बु, बजारसम्मको वरिपरिका सडक र पुल सबै खोलाले बगाएपछि यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ । बर्खा समय जुनसुकै बेला बाढी पहिरो जान सक्छ भन्दै तातोपानी भन्सार देखि बाह्र्बिसे आसपास सम्ममा नागरिक अझै त्रासमा रहेका छन । घटना स्थल लगायत अन्य जोखिम स्थानमा थप क्षति नहोस भनी नेपाल प्रहरीका सुरक्षाकर्मी निरन्तर खटिरहेका छन । सडक विभिन्न स्थानमा अबरुद्ध भएको कारणले गर्दा घाइतेलाई हेलिकप्टरको सहयोगमा काठमाडौं ल्याइएको छ । बिहिबारको घटनामा परि बेपत्ता हुनेमा २ जनाको शव भेटिएको छ भने अझै १८ जना बेपत्ता रहेका छन ।
३३ घर भोटेकोसीमा मिसिएका छन । बिहीवार देखि निरन्तर परिरहेको पानीको कारण भोटेकोसी नदिमा पानीको बहाब क्रमश बढिरहेको छ नदिमा पानीको बहाब बढे संगै खोर्सानी बारि देखि खाग्दक सम्मको सडक नदिले कटान गरिसकेको छ भने खोर्सानीवारि , बाह्र्बिसे सम्मका कयौं घरहरु जोखिम अवस्थामा रहेका छन । बिहीवार देखि लगातार परेको पानीको कारण शुक्रबार दिउस लार्चामा करिब १५ घर पहिरोको जोखिममा छन भने ३ जना को मुत्यु भएको छ ,२ जनाको शव भेटिएको छ भने १ जना अझै बेपत्ता छन यस अघिका पुराना घाउहरु थाक्न नपाउदै सिन्धुपाल्चोकले फेरि ठुलो बज्रपात खेप्नु परेको छ । २०७१ साल साउन १७ गते बिहान सिन्धुपाल्चोकको जुरेमा भीषण पहिरो जादा माङ्खा , राम्चे र टेकानपुरका करिब १३३ जनाले ज्यान गुमाउनु परेको थियो भने कयौं घरवारविहीन भए । पहिरोका कारण करिब १७ घन्टा भोटेकोसी नदि थुनिदा सिन्धुपाल्चोकले कयौं धनजनको क्षति बेहोर्न पर्यो । मध्यरातमा आएको भीषण पहिरोको कारण कयौं सवारीसाधन पुरिए , अरनिको राजमार्गको विभिन्न स्थानमा सडक अबरुद्ध भएको थियो ।
ठुलो पहिरो भएकाले हरेक बर्ष भोटेकोसीमा आउने बाढीको कारण जुरेको सडक अझै पनि राम्रो संग बन्न पाएको छैन चिन सरकारले बनाएको जुरेको सडक एक बर्ष पनि टिक्न पाएन । अघिल्लो बर्ष मात्र केही मर्मत गरि जुरेको सडक हेर्न हुने भएको थियो तर अहिले पुन असार २५ गते बिहिबार भीषण पानी संगै भोटेकोसीमा आएको बाढीको कारण जुरे सडकखण्ड को करिब एक सय मिटर सडक नदिले कटान गरेको छ । २०७२ साल बैशाख १२ गते सनिवारका दिन बिहान ११ बजेर ५६ मिनेट जादा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टरस्केलको भुकम्प जादा नेपालभर करिब ८ हजार मानिसले ज्यान गुमाउनु परेको थियो भने कयौं परिवार घरवारविहीन भएका थिए । १९९० सालमा गएको महाभुकम्पको करिब ८२ बर्ष पछि आएको भुकम्प बाट कयौं संरचना भत्किए , कयौ ठाँउका जमिन उथलपुथल भए । जुरे पहिरोको एक बर्ष बित्न नपाउदै सिन्धुपाल्चोकले विनासकारी भुकम्प बाट सबैभन्दा धेरै मानिसको ज्यान घुमाउनु पर्यो । करिब सिन्धुपाल्चोक मा ४ हजार मानिसले २०७२ सालको विनासकारी भुकम्प बाट ज्यान गुमाउन पुगे ।
बाह्र्बिसे देखि तातोपानी सम्मको सडकखण्ड अबरुद्ध भयो । धार्मिक रुपमा चिनिदै आएको तातोपानी नाका भुकम्प बाट ध्वस्त भयो कति सवारीसाधन पुरिए कति घर भोटेकोसीमा मिसिए भन्ने यकिन भएन । भुकम्पले ध्वस्त पारेको तातोपानी क्षेत्र करिब एक बर्ष जति सम्पर्कविहिन भयो आवतजावत समेत गर्न नमिल्ने भएको तातोपानी नाकाले अहिले भुकम्पको ४ बर्ष पछि केही राहत पाएको थियो तर पुनः बिहिवार र शुक्रबार राती भोटेकोसीमा आएको बाढीपहिरो को कारण फेरि ठुलो धनजनको क्षति बेहोर्नु परेको छ । बाह्र्बिसे बाट उता तातोपानी सम्मको सडक आसपासका नागरिकले घर छाड्न थालेका छन । लार्चा , हिन्दी लगायतका स्थानमा कयौं घरहरु जोखिम अवस्थामा रहेका छन । जुरे पहिरो , विनासकारी भुकम्प जस्ता समय समयमा आइपर्ने प्राकृतिक प्रकोपलाई पन्छाएर अगाडि बढिरहेको सिन्धुपाल्चोक गत डिसेम्बर बाट चिनको वुहान हुँदै सुरु भएको कोरोना भाइरस ( कोभिड -१९ ) को कारण नेपालमा पहिले ब्यक्तिको मुत्यु हुने जिल्ला बन्न पुग्यो । सिन्धुपाल्चोक बाह्र्बिसे नगरपालिका -९ निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट जेठ ३ गते बिहीबार मृत्यु भयो ।
वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा डेलिभरी भएकी ती महिलामा श्वास्प्रश्वासमा समस्या भएपछि धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । यसरी हरेक प्रकोप बाट भौतिक , आर्थिक र मानवीय क्षति बेहोरी रहेको सिन्धुपाल्चोकमा अझै सरकारको ध्यान पुग्न सकेको छैन हरेक बर्षको बाढिपहिरो बाट अबरुद्ध सडक राम्रो संग मर्मतसम्भार हुन नसक्दा सिन्धुवासिले विभिन्न समस्या भोगिरहेका छन , विकासका पुर्वाधारको उचित ब्यबस्थापन हुन सकेको छैन , जोखिम पुर्ण क्षेत्रको पहिचान गरेर