बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियोमार्फत दिए यस्तो सन्देश

पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियोमार्फत दिए यस्तो सन्देश

  • 4.4K
    SHARES

  • पूर्वराजा ज्ञानेन्द्र शाहले भिडियोमार्फत दिए यस्तो सन्देश

    काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमण भएका बेला आफूहरुलाई सुभेच्छा र स्वास्थ्यप्रति चासो चिन्ता व्यक्त गर्ने देशबासीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

    आज एक भिडियो सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्र शाहले आफूहरुको स्वास्थप्रति चासो र चिन्ता जारी व्यक्त गर्नेहरुप्रति धन्यवाद व्यक्त गर्दै कोरोना रोकथाम तथा नियन्त्रणको अग्रपंक्तिमा काम गर्नेहरुप्रति समेत धन्यवाद व्यक्त गरेका हुन् ।

    हाम्रो स्वास्थ्यबारे चिन्ता चासोका साथ शुभकामना दिनुहुने देश भित्र र बाहिर रहनुभएका सबै नेपालीहरुप्रति हामी आभार व्यक्त गर्दै यस महामारीमा दिनरात आफ्नो दायित्व र मानवीय कार्य गर्ने सबै अग्रपंक्तिमा रहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताहरुमा हामी अन्तरआत्मादेखि धन्यवाद दिन चाहान्छौँ ।’ पूर्वराजा शाहले भने त्यस्तै आफूहरु पूर्ण स्वास्थ्य लाभको कामना गर्दै गरेको बताएका छन् ।

    भिडियो सार्वजनिक गर्दै पूर्व राजा ज्ञानेन्द्रले भनेका छन्: ‘नमस्ते । हाम्रो स्वास्थ्यबारे चिन्ता चासोका साथ शुभकामना दिनुहुने देश भित्र र बाहिर रहनुभएका सबै नेपालीहरुप्रति हामी आभार व्यक्त गर्दै यस महामारीमा दिनरात आफ्नो दायित्व र मानवीय कार्य गर्ने सबै अग्रपंक्तिमा रहनुभएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताहरुमा हामी अन्तरआत्मादेखि धन्यवाद दिन चाहान्छौँ । अहिले हामी दुवै पूर्ण स्वास्थ्यलाभको क्रममा छौँ । तर देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति हामी चिन्तित छौँ ।

    महामारीको प्रक्रिया जारी छ । यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाह्य सहयोगको आवश्यकता रहेको छ । प्राप्त अन्तर्राष्ट्रिय सहयोगको लागि पनि धन्यवाद दिन चाहान्छु । म तपाइहरु सबैसँग सुरक्षित, सावधान तथा स्वस्थ्य रहन आग्रह गर्दछु । उपचारको क्रममा रहनुभएका सबै नेपालीहरुमा शीघ्र स्वास्थ्य लाभसँगै यो महामारीमा जीवन गुमाउनेहरुका आत्माप्रति चिर शान्तिको कामना गर्दछु । श्री पशुपतीनाथले ती सबै परिवारलाई धैर्य धारणाका लागि शक्ति प्रदान गरुन । जय नेपाल ।

    https://www.facebook.com/prearana/videos/10159102070977559/

    बिहिवार, जेठ २० २०७८०३:५०:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार