बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

थप ११८ जनामा कोरोना, संक्रमित संख्या १६,६४९पुग्यो

थप ११८ जनामा कोरोना, संक्रमित संख्या १६,६४९पुग्यो

मेगा खबर संवाददाता

२६, आषाढ २०७७
  • 2.2K
    SHARES

  • थप ११८ जनामा कोरोना, संक्रमित संख्या १६,६४९पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक सय १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार  एक सय १८ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । गत २४ घण्टामा नेपालमा काेराेना संक्रमण निकाे भएर एक सय २० जनाले डिस्चार्ज पाएका छन् । नेपालमा हालसम्म काेराेना भाइरस निकाे भएर घर फर्किनेकाे संख्या ८ हजार नाघेकाे छ । हालसम्म ८ हजार ११ जनाले काेराेना जितेर घर फर्किएकाे प्रवक्ता डा.गाैतमले जानकारी दिनुभयाे ।

    शुक्रवार, आषाढ २६ २०७७०४:३१:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार