सीमा क्षेत्रमा फायरिङ हुँदा शुक्रबार एक भारतीय गोर्खा सैनिकको ज्यान गरेको छ । काश्मिरस्थित राजोउरी जिल्लाको नौसेरा सेक्टरमा पाकिस्तानी सेनाको गोली लागेर ३३ वर्षीय हवल्दार शम्भु गुरुङको मृत्यु भएको हो । यस क्षेत्रमा पाकिस्तानी सेनाले मध्यराती १२ बजेर ४५ मिनेट जाँदा फायरिङ गरेको थियो, जतिबेला गुरुङ ड्युटीमा थिए । गुरुङ नेपालको गोर्खा जिल्ला मन्बुका स्थायी बासिन्दा हुन् ।
‘पाकिस्तानले दुई राउन्ड ६०÷८२ एमएम मोर्टार फायर ग¥यो, यो गुरुङ बसेको बन्कर नजिक आइपुग्यो । बंकरको प्वालबाट गोली छिरेको थियो, नतिजा गुरुङको अनुहार, पाखुरा र देब्रे खुट्टामा धेरै चोट लागेको थियो,’ एक अधिकारीले भने, ‘उनलाई अस्पताल लगिएको थियो । तर ज्यान बचाउन सकिएन ।’
त्यसैगरी ८ जुलाईमा पुन्चमा भएको दोहोरो भिडन्तका क्रममा गोली लागेर घाइते भएकी एक जेष्ठ महिलाको पनि शुक्रबार निधन भएको छ । हाकाम बाई नाम गरेकी यी महिलाको निधन जीएमसी जम्मु अस्पतालमा भएको हो, यहाँ विशेष उपचारका लागि उनलाई भर्ना गरिएको थियो । प्रहरीले उनको मृत्युको पुष्टि गरेको छ । यससँगै ८ जुलाईको दोहोरो भिडन्तमा परेर ज्यान गुमाउने सर्वसाधारण महिलाको संख्या दुई पुगेको छ । एकजनाको यसअघि नै मृत्यु भएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।