म्याग्दीमा पहिरोमा परी ३३ जना वेपत्ता भएका छन्। अविरल वर्षाले जिल्लाभित्र ठाउँ ठाउँमा पहिरो जाँदा हालसम्म ३३ जना वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए । उनका अनुसार एक जनाको शव फेला परेको छ।
धौलागिरि गाउँपालिका ६ र ७ नम्बर वडा, मालिका गाउँपालिका ७ नम्बर वडा र मंगला गाउँपालिकामा पहिरोले मानिसहरु वेपत्ता बनाएको छ भने धेरै घरहरु बगाएको छ।
वेपत्ताहरुको उद्धारमा सुरक्षाकर्मी खटिएको घटनास्थलबाट प्रजिअ ढकालले टेलिफोनमा बताए। धेरै ठाउँमा वर्षाका कारण उद्धारमा कठिनाई भइरहेको उनको भनाई छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।