बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

पंक्षीमा रानीखेत, बर्डफ्लु लगायत सङ्क्रमणका नयाँ भेरियन्ट देखियो,अनुसन्धान शुरु

पंक्षीमा रानीखेत, बर्डफ्लु लगायत सङ्क्रमणका नयाँ भेरियन्ट देखियो,अनुसन्धान शुरु

  • 1.7K
    SHARES

  • पंक्षीमा रानीखेत, बर्डफ्लु लगायत सङ्क्रमणका नयाँ भेरियन्ट देखियो,अनुसन्धान शुरु

    काठमाण्डौ – पक्षीमा रानीखेत, बर्डफ्लु लगायत सङ्क्रमणका नयाँ भेरियन्ट देखिन थालेएको छ ।

    बर्ड फ्लु, रानीखेत लगायत सङ्क्रमणका नयाँ भेरियन्टहरु देखिएकाले नियन्त्रणमा समस्या भइरहेको विज्ञहरुले बताएका छन् । पछिल्लो समय रानीखेतका नयाँ भेरियन्टहरु देखिएकाले भ्याक्सिन लगाउँदा समेत सङ्क्रमण नियन्त्रण गर्न समस्या भइरहेको पशुसेवा विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले मेगा खबरलाई जानकारी दिए । 

    नयाँ भेरियन्टबारे थप अनुसन्धान गर्न विभागका उपमहानिर्देशक डाक्टर रामनन्दन तिवारीको नेतृत्वमा समिति बनाएर काम भइरहेको छ । समितिमा व्यवसायी, विज्ञ र सरोकारवाला निकायका प्रतिनिधिहरू रहेका छन् । निजी क्षेत्रले नयाँ भेरियन्ट पुष्टि गरिसकेको तर नार्कले यसबारे थप अनुसन्धान गरिरहेकाले नार्कको अध्ययनपछि मात्रै आफूहरुले नयाँ भेरियन्टबारे भन्न सकिने विभागका प्रवक्ता ढकालले बताए ।

    भारत लगायत दक्षिण एसियाली देशहरुमा नयाँ भेरियन्टहरु पुष्टि भएको र नेपालको अवस्थाबारे नार्कले गर्ने अनुसन्धानपछि भन्न सकिने उनको भनाइ रहेको छ । अहिले सबैभन्दा धेरै रानीखेतको सङ्क्रमणको समस्या रहेको छ । काठमाण्डौ लगायत अरु जिल्लाहरुमा पनि रानीखेतका नयाँ भेरियन्टहरु देखा परेकाले यसबारे अनुसन्धान गर्न टोली खटाइएको विभागले जनाइएको छ ।

     

    आइतवार, जेठ १६ २०७८०९:००:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार