काठमाण्डाै - अहिले काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।
सुदूरपश्चिम, प्रदेश-१ र २ का केही ठाउँमा भने हल्का पानी परिरहेको मौसमविद्ले बताएका हुन् । काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले घाम लागे पनि दिउँसोपछि मौसम बद्ली हुने मौसमविद् शान्ति कँडेलले बताएका छन् ।
उनका अनुसार दिउँसोपछि उपत्यका सहित केही ठाउँमा पनि पानी पर्ने सम्भावना छ । प्रदेश-१ र २ का केही ठाउँमा भने ठूलो वर्षाको सम्भावना रहेको छ ।
यस्तै, आजराति पनि देशभर मौसम बद्ली रहने छ । भोलि र पर्सिको मौसम पनि यस्तै रहेको मौसमविद्ले बताएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।