बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

जुगलको लिदिमा पहिरो गयो, बलेफि जुगल करिडोरका बस्तिहरु जोखिममा

जुगलको लिदिमा पहिरो गयो, बलेफि जुगल करिडोरका बस्तिहरु जोखिममा

मेगा खबर संवाददाता

२६, आषाढ २०७७
  • 12.3K
    SHARES

  • जुगलको लिदिमा पहिरो गयो, बलेफि जुगल करिडोरका बस्तिहरु जोखिममा

    सिन्धुपाल्चोक । बिहिबार राति परेको अविरल वर्षाको कारण जुगल गाउँपालिकाको लिदी नजिकै पहिरो गई उर्लेको (बलेफी खोला) ब्रम्हायणी नदीको कारण पुरानो ऐतिहासिक जलिबरे बजार, सिम्ले, बलेफी बजारमा जोखिम बढेको छ । 

    जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोले माथिल्लो बलेफी हाईड्रोपावर कम्पनीको ईन्टेक समेत पुरिएको जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो । सो हाइडो्रपावरको करिब ३ वटा स्काभेटर लगायत अन्य उपकरणमा समेत क्षति पुगेको जानकारी प्राप्त भए पनि सोको हाल सम्म यकिन पुष्टि भई नसकेको उहाले बताउनुभयो ।

    FB_IMG_1594350702223.jpg

    नदीको बहाब बिगत ५ बर्ष यताको उच्च रहेको बताउदै जलबिरे गाउँपालिका वडा नं. १ का अध्यक्ष मधु बहादुर थापाले यस गाउँपालिकामा हाल सम्म कुनै धनजनको क्षति नभए पनि जलबिरे बजार सिम्ले लगायतका ठाउँहरु उच्च जोखिममा रहेको हुँदा स्थानियबासीहरुलाई सजग र सचेत रहन आवश्यक रहेको समेत उहाले बताउनुभयो ।

    received_627423361487919.jpeg

    नदी निकै उर्लेको कारण स्थानियहरुमा त्रास फैलिएको र बस्तीहरू जोखिममा परेको बताउदै स्थानिय राजु श्रेष्ठले यस सम्बन्धमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक रहेको बताए ।

    शुक्रवार, आषाढ २६ २०७७०९:५३:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार