बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आखामा पट्टी बाधेरै घटनास्थल पुगे सभामुख

आखामा पट्टी बाधेरै घटनास्थल पुगे सभामुख

मेगा खबर संवाददाता

२५, आषाढ २०७७
  • 4.7K
    SHARES

  • आखामा पट्टी बाधेरै घटनास्थल पुगे सभामुख

    काठमाडौं । सभामुख अग्‍निप्रसाद सापकोटा बिहीबार दिउँसो सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढी पहिरोबाट भएको क्षतिको अवलोकन र पीडित परिवारलाई भेट्न पुगेका छन् ।

    बुधबार मात्रै  आँखाको शल्यक्रिया गरेका सभामुख सापकोटा आँखामा पट्टी बाँधेरै बाढी पहिरो प्रभावितस्थलमा पुगेका हुन्। बुधबार मात्रै आँखामा समस्या आएपछि शल्यक्रिया गराएका सापकोटा पटक पटकको प्रयासपछि नेपाली सेनाको हेलिकोप्टरबाट त्यहाँ पुगेका हुन्। 

    सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-५ जम्बुमा गएराति बाढी पहिरो जाँदा दुईजनाको मृत्यु भइसकेको छ भने २० जना बेपत्ता छन्। पहिरोले !१४ वटा घर बगाउँदा स्थानीय २३ वर्षीय निकेश बस्‍नेत र उनकी ३ वर्षीया छोरीको शव भेटिएको छ।  बाढी पहिरोले अरनिको राजमार्गसमेत कटान गरेको छ। राजमार्ग कटान गरेपछि उद्धार गर्न समस्या भएपछि सभामुख सापकोटा हेलिकोप्टर लिएर घटनास्थल पुगेका हुन्। 

    बिहिवार, आषाढ २५ २०७७०५:४९:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार