सिन्धुपाल्चोकको जम्बुमा गएको बाढीमा घाइतेहुनेहरु र पीडित परिवारको उद्दार र राहत वितरणमा कुनै सम्झौता नहुने सभामुख अग्नीप्रसाद सापकोटाले बताएका छन् ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले उद्दार जारी रहेको र राहत सामग्री वितरण भइरहेको बताए । ‘रातहको लागि गृहमन्त्रीसँग कुरा भएर हामीले वितरण सुरु गरिसकेका छौं’, सभामुख सापकोटाले भने- ‘घाइतेहरुको अहिले धमाधम उद्दार भइरहेको छ ।’
उद्दारको लागि सभामुख अग्नीप्रसाद सापकोटासहित टोली बिहानै हिँडेको भएपनि खराब मौसमका कारण हेलिकप्टर घटनास्थल नपुगि धुलिखेलबाटै फर्किएको थियो । मौसममा सुधार भएलगत्तै दिउँसो सभामुख सापकोटा घटनास्थल पुगेको थिए ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल, आन्तरिक मामिला मन्त्री सालिकराम जमरकट्टेल र वन, वातावरण तथा पर्यटन मन्त्री अरुण नेपाललगायतको टोली घटनास्थलमै पुगि उद्दार कार्यमा जुटिरहेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले पीडित ३० परिवारलाई राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । टेन्ट, मेट्रिक्स, त्रिपाल, भाँडा सेट, कम्बल, कपडालगायतको सामग्री वितरण गरिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।