बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

तौल बढ्यो चिन्ता नलिनुस्, यस्तो छ घटाउने उपाय

तौल बढ्यो चिन्ता नलिनुस्, यस्तो छ घटाउने उपाय

मेगा खबर संवाददाता

२४, आषाढ २०७७
  • 2.6K
    SHARES

  • तौल बढ्यो चिन्ता नलिनुस्, यस्तो छ घटाउने उपाय

    तपाई तौल बढेर चिन्तामा हुनुहुन्छ । चिन्ता लिनु पर्दैन । तपाईँ साच्चै मनैदेखि तौल घटाउने योजनामा हुनुहुन्छ भने सम्भव छ । तौल कम गर्नु एउटा लामो प्रक्रिया हो जसमा तपाईँले व्यायाम गर्नु, सहि भोजन गर्नु र केहि जीवनशैलीका बानी जस्तै मद्यपान, धुम्रपान लगायतबाट छुट्कारा पाउनुपर्छ । एउटा कुरा छ जुन धेरै जनालाई थाहा नहुन पनि सक्छ । तौल कम गर्न चाहनेहरुले दिनको एक विशिष्ट समयमा खाना खानुपर्ने हुन्छ । कुनै पनि समयमा जे पनि खाँदा तपाईँको तौल कुनै पनि हालतमा नियन्त्रण हुन सक्दैन । क्यालोरीलाई प्रभावकारी तरीकाले बर्न गर्नका लागि तपाईँले कहिले खाने र कहिले नखाने भन्ने कुरा राम्रोसँग थाहा पाउनुपर्छ । डाइटिङको यो तरिकाले तपाईँको शरीरमा चढेको अतिरिक्त बोसोलाई घटाउन मद्दत गर्नुका साथै तपाईँलाई जे मन लागेको छ त्यो खाने अनुमति पनि दिन्छ । डाइटिङको विधिलाई इन्टरमिटेन्ट फास्टिङ भनिन्छ । यसको मूल सिद्धान्त एक निर्धारित अवधिका लागि क्यालोरीको सेवन प्रतिबन्धित गर्नु हो ।

    यदि तपाईँ इन्टरमिटेन्ट फास्टिङको पालना गर्न चाहनुहुन्छ भने तपाईँले पाँच नियमको पालना गर्नुपर्छ ।

    पहिला यसलाई शून्य क्यालोरी प्रतिबन्धको माध्यमले सुरु गर्नुपर्छ । यसका लागि तपाईँले एकदिन केहि नखाई (ब्रत) र अर्काे दिन आफूलाई मनपर्ने खाना खानुपर्छ । तपाईँ ब्रत बसिरहेका बेला तरल पदार्थ मात्र खान सक्नुपर्छ ।

    दोस्रो तरिका क्यालोरी प्रतिबन्धका साथ हुन्छ । यो विधिमा पनि तपाईँले एकदिन ब्रत बस्नुपर्छ भने अर्को दिन खाना खानुपर्छ । ब्रत बसेको बेला तपाईँले पानी र हर्बल चिया मात्रै पिउनुपर्ने । त्यो दिन तपाईँको क्यालोरीको मात्रा शून्य हुनुपर्छ ।

    तेस्रो तपाईँले समय प्रतिबन्धित खानाको नियम पालना गर्नुपर्ने हुन्छ । तपाईँले दिनमा ६ देखि ८ घण्टाको फरकमा खाना खानुपर्छ र अरु केहि खानु हुँदैन । यस्तो गर्दा तपाईँको मेटाबोलिजममा सुधार हुन्छ र तपाईँको शरीरलाई अत्याधिक प्रभावकारी ढंगले क्यालोरी बर्न गर्न मद्दत मिल्छ ।

    चौथो इन्टरमिटेन्ट फास्टिङ डाइट प्याटर्नले तपाईँलाई हप्तामा ५ दिन खाना र २ दिन ब्रत बस्ने अनुमति दिन्छ । तपाईँले ब्रत बस्दा आफ्नो क्यालोरी सेवनलाई ५ सय क्यालोरीमा मात्रै सिमित राख्नुपर्छ र जब तपाईँले खान अनुमति पाउनुहुन्छ तब थोरै मात्र खानुहोस् ।

    पाँचाै तथा सबैभन्दा लोकप्रिय इन्टरमिटेन्ट फास्टिङको विधिमा तपाईँले हप्ता वा महिनामा एकपटक ब्रत बस्नुपर्छ । अन्य दिनमा तपाईँले मध्यम खाना नै खानुपर्छ ।

    बुधवार, आषाढ २४ २०७७०९:२०:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार