चितवन । भरतपुर महानगरपालिका–१० को चितवन माध्यमिक विद्यालयको खाली जग्गाको झाडीमा बोरामा पोको पारेको अवस्थामा शव फेला परेको छ । भरतपुर महानगरपालिका–१४ का ४१ वर्षीय राजकुमार गुरुङको शव बोरोभित्र पोको पारेर झाडीमा फालेको अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार गुरुङ माछा बिक्री गर्ने तथा ठेलामा सामान बिक्री गर्नेजस्ता काम गर्दै आएका थिए ।
चार दिनदेखि हराइरहेका उनको शव फेला परेपछि परिवारले आफ्ना हो भनि सनाखत गरेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो । हत्या भएको आशङ्कामा अनुसन्धानलाई तीव्रता दिइएको उहाँले बताउनुभयो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।