बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

ट्याक्टर दुर्घटनामा नेकपा जिल्ला सदस्यको मृत्यु

ट्याक्टर दुर्घटनामा नेकपा जिल्ला सदस्यको मृत्यु

मेगा खबर संवाददाता

२३, आषाढ २०७७
  • 1.6K
    SHARES

  • ट्याक्टर दुर्घटनामा नेकपा जिल्ला सदस्यको मृत्यु

    कास्की । माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा ट्याक्टर दुर्घटनामा परी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सदस्य रामचन्द्र अधिकारीको मृत्यु भएको छ ।

    खेत जोतेर फर्किँदै गर्दा आफैँले चलाएको ट्र्याक्टर लाहाचोकस्थित बाटुलेथरमा मंगलबार बिहान पल्टिँदा अधिकारी गम्भीर घाइते हुनुभएको थियो । उहाँको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

    अधिकारीको शव परीक्षणका लागि अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । अस्पताल पसिरमा नेकपामा जिल्लास्थित नेता कार्यकर्ता, परिवारजन तथा शुभचिन्तकको उपस्थिति रहेको छ ।

    मंगलवार, आषाढ २३ २०७७०२:४५:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार