बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

गंगालाल अस्पतालमा उपचाररत् ७ जनामा देखियो कोरोना, आकस्मिक बाहेकका सेवा ठप्प

गंगालाल अस्पतालमा उपचाररत् ७ जनामा देखियो कोरोना, आकस्मिक बाहेकका सेवा ठप्प

मेगा खबर संवाददाता

२३, आषाढ २०७७
  • 2.2K
    SHARES

  • गंगालाल अस्पतालमा उपचाररत् ७ जनामा देखियो कोरोना, आकस्मिक बाहेकका सेवा ठप्प

    काठमाडौंको बाँसबारीस्थित गंगालाल  राष्ट्रिय हृदय केन्द्रमा उपचाररत् ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

    इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उनीहरूमा संक्रमण भएको पुष्टि गरे।

    उनले यसबारे थप विवरण बुझ्ने काम भइरहेको जनाए।

    अस्पतालले भने यसबारे मन्त्रालयले नै औपचारिक जानकारी गराउने बताएको छ। अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले बिरामीमा संक्रमण देखिएको भन्दै बाँकी जानकारी मन्त्रालयले गर्ने जनाए।

    उनले अहिले अस्पतालको आकस्मिकबाहेक सबै सेवा अर्को सूचना नआइन्जेल स्थगित गरिएको बताए।

    पछिल्लो समय उपत्यकाका अस्पतालहरू नै संक्रमणको जोखिममा परेको छ।

    यसअघि पनि काठमाडौं मेडिकल कलेज, टिचिङ अस्पतालका बिरामी र स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो।

    सरकारले अस्पतालहरूमा पनि जोखिम बढेको भन्दै अस्पतालको आकस्मिक कक्ष र आइसियूमा भर्ना भएका बिरामीको परीक्षण गर्ने जनाएको छ।

    मंगलवार, आषाढ २३ २०७७०१:५७:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार