कैलाली, कैलालीको धनगढीमा रहेको नेपाली सेनाको अस्पताललाई कोरोना सङ्क्रमितको उपचारका लागि रु ३० लाख सहयोग प्रदान गगरिएको छ ।
दिनहुँ कोरोना सङ्क्रमितका बिरामी बढ्दै जान थोपछि कोरोना सङ्क्रमितको उपचार सेवा सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले सो अस्पताललाई सो रकम प्रदान गरेको हो । प्रदेश सरकारले सेनाको अस्पतालबाट कोरोना सङ्क्रमितको उपचार गरिदिन आग्रह गरेको थियो ।
कोरोना सङ्क्रमितको उपचार सेवा सञ्चालन गर्न प्रदेश सरकारले कोरोना कोषबाट रु ३० लाख सो अस्पताललाई प्रदान गरिएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले बताए । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नेपाली सेनाको सुदूरपश्चिम पृतनाले कोरोनाका बिरामीलाई सेवा दिने गरी अस्पताल सञ्चालन गर्न तयारी बढाएको जनाइएको छ ।
कैलालीको धनगढीमा नेपाली सेनाका परिवारलाई मात्रै सेवा दिने गरी निर्माण थालिएको सो अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीको उपचार गर्ने गरी तयारी अगाडि बढाइएको सुदूरपश्चिम पृतनाले जनाएको छ । अस्पताल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेर काम अघि बढेको जनाइएको छ ।
नेपाली सेनाका सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाका अनुसार अस्पताल सञ्चालनका लागि काम तीब्रगतिमा अघि बढाइएको छ । सो अस्पताल सेनाको कल्याणकारी कोष र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।