गण्डकी प्रदेशमा सोमबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा लमजुङका ११ जना, बागलुङका ५ जना र कास्कीका १ जनामा कोरोना संक्रमण देखिएको हो ।
लमजुङको वेशीशहर नगरपालिकामा ३, सुन्दरबजार नगरपालिकामा ३, राइनास नगरपालिकामा १ जना, क्व्होलासोथर गाउँपालिकामा २, दोर्दी गाउँपालिकामा १, मध्यनेपाल नगरपालिकामा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै बागलुङको ढोरपाटन नगरपालिकामा १ जना, बडीगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा २/२ जनामा संक्रमण देखिएको गण्डकी प्रदेशको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै कास्कीको पोखरा महानगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।