बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

डलरको भाउ घट्यो

डलरको भाउ घट्यो

मेगा खबर संवाददाता

२१, आषाढ २०७७
  • 2.6K
    SHARES

  • डलरको भाउ घट्यो

    काठमाडौं । केही दिनयता डलरको भाउ निरन्तर कमजोर बनिरहेको छ । डलरको भाउ तीन दिनमा डेढ रुपैयाँ बढीले घटेको छ ।

    अमेरिकी डलर कमजोर हुँदा नेपाली रुपैयाँ बलियो भएको छ । भारतीय मुद्रा डलरको तुलनामा बलियो बनेका कारण भारतीय मुद्रासँगको स्थिर विनिमय दरका कारण नेपाली रुपैयाँ पनि बलियो हुन पुगेको हो ।

    लामो समयदेखि १ सय २१ रुपैयाँ हाराहारी रहेको डलर अहिले १ सय १९ रुपैयाँ हाराहारीमा झरेको छ । आइतबार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ७२ पैसा रहेको छ । डलरको भाउ घट्दा आयातमा आधारित अर्थतन्त्रका लागि भने फाइदा हुनेछ ।

    आइतवार, आषाढ २१ २०७७०१:३२:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार