बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बाटोछेउमा बसिरहेका पाँच जनालाई मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु

बाटोछेउमा बसिरहेका पाँच जनालाई मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु

मेगा खबर संवाददाता

२१, आषाढ २०७७
  • 1.6K
    SHARES

  • बाटोछेउमा बसिरहेका पाँच जनालाई मोटरसाइकलले ठक्कर दिँदा एकको मृत्यु

    सर्लाहीमा मोटरसाइकलले एकै साथ पाँच जनालाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ।

    शनिबार राति पौने ८ बजे बरहथवा नगरपालिका-११ मा बाटोछेउ बसिरहेका पाँच जनालाई ना ५२ प ५६४१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।

    हिरापुरबाट हरकठवातर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा १४ वर्षीय जुगल मुखियाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। त्यस्तै अन्य चार जना घाइतेसमेत भएका थिए।

    घाइतेहरूको उपचारका लागि एडभान्स सन्जिवनी अस्पताल बरहथवामा भइरहेको र एक जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

    घाइते हुनेमा बरहथवा नगरपालिका-११ का ३५ वर्षीय सुरेन्द्र महतो, ३५ वर्षीय शम्भु मुखिया, २२ वर्षीय श्रवण मुखिया र ३२ वर्षीय देवेन्द्र पासवान छन्।

    मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको  प्रहरीले जनाएको छ।

    आइतवार, आषाढ २१ २०७७०१:१९:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार