बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

के तपाईलाई चक्कर लाग्छ ? हुन सक्छ है गम्भीर रोगको लक्षण

के तपाईलाई चक्कर लाग्छ ? हुन सक्छ है गम्भीर रोगको लक्षण

मेगा खबर संवाददाता

२७, बैशाख २०७८
  • 2.6K
    SHARES

  • के तपाईलाई चक्कर लाग्छ ? हुन सक्छ है गम्भीर रोगको लक्षण

    थकाइ लागेर वा खाना नखाँदा चक्कर आउन थाल्छ । तर दिनदिनै यस्तो हुन थाल्यो भने चाहिँ सावधान हुनुपर्छ ।

    कुनै कारण नभई दिनदिनै चक्कर आउँदा कुनै गम्भीर रोगको संकेत हुन सक्छ । यसलाई समयमै ध्यान नदिएमा ज्यान पनि जान सक्छ । आँखा, दिमाग, कान, गोडा र मेरुदण्डका नसाले काम नगर्दा चक्कर आउँछ अनि आँखा अगाडि अँध्यारो देखिन्छ । यसलाई खेलाँची ठान्ने भूल गर्नुहुँदैन ।

    मस्तिष्कमा निरन्तर अक्सिजन पुगिरहनुपर्छ । रगतमार्फत अक्सिजन दिमागमा पुग्छ । कहिलेकाहीँ रगतको डल्लो बन्दा वा राम्रो रक्तसञ्चार नहुँदा मस्तिष्क सम्म अक्सिजन सही मात्रामा पुग्दैन । अनि चक्कर आउन थाल्छ ।

    तत्कालै स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

    शरीरमा पानीको कमी हुँदा पनि चक्कर आउँछ, लगातार टाउको दुख्छ र दृष्टि धमिलो हुँदै आउँछ । विशेषगरी वृद्ध र मधुमेहका रोगीहरूलाई यस्तो समस्या बढी हुन्छ । टन्न पानी पिउने गर्नुपर्छ ।

    कानमा संक्रमण हुँदा पनि चक्कर आउँछ ।

    अनि बढी औषधि खाएमा पनि चक्कर आउँछ ।
    माइग्रेन, ब्रेन वा कानको ट्युमर वा शरीर प्रणालीमा समस्याको संकेत दिनका लागि पनि चक्कर आउँछ । यसलाई बेवास्ता गर्नै हुँदैन ।

    शरीरमा कमजोरी, रगतको कमी वा कोशिका घट्दा पनि बारम्बार चक्कर आउने समस्या आइलाग्छ । यस्तो अवस्थामा फल, तरकारी, नरिवल पानी, किवी, अनार जस्ता स्वस्थ खानेकुरा खानुपर्छ ।

    नसामा कमजोरी, कुनै किसिमको आघात, पीडा र सुन्निने समस्या हुँदा पनि चक्कर आउँछ ।

    सोमवार, बैशाख २७ २०७८०६:००:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार