पोखरा । गण्डकी प्रदेशमा थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पोखरामा २७२ सहित गण्डकीमा ३७९ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।
उनका अनुसार गोरखामा ६०, तनहुँमा ६६,बाग्लुङ २०, स्याङजा २०, लमजुङ ९, पर्वत ३, मुस्ताङ १,नवलपरासी पूर्वमा १ र म्याग्दीमा १ गरी थप ३७९ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२ हजार ९७९ पुगेको छ । यसैबीच प्रदेशमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । एकैदिन यति धेरै संख्यामा मृत्यु भएको प्रदेशमै पहिलो घट्ना हो ।
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६३ पुगेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।