काठमाडाै, कोरोना भाइरस संक्रमणको दोस्रो लहरले मानिसहरुलाई बेचैन बनाएको छ ।
भारतमा दैनिक चार लाखभन्दा धेरैमा कोरोना देखिएको छ । यस्तो अवस्थामा महामारीबाट बच्नका लागि बिरामी बलियो हुन जरुरी छ ।
भाइरसबाट निको भएका बिरामीमा कमजोरी धेरै दिनसम्म रहने गरेको छ । यस्ता बिरामीले मांशपेशी र इम्युनिटीलाई बलियो बनाउन जरुरी र शरीरमा पनि उर्जा ल्याउनका लागि राम्रो खानपान गर्न जरुरी रहेको छ ।
संक्रमित र कोरोनाबाट निको भएका बिरामीको स्वास्थलाई ध्यानमा राख्दै भारत सरकारले आफ्नो अधिकारिक ट्वीट ह्यान्डलमार्फत केही त्यस्ता खाद्यान्नको प्रवद्र्धन गरेको छ, जसको सेवन जरुरी छ ।
भारत सरकारले दिएको सुझाव यस्तो रहेको छ
– पर्याप्त भिटामिन र खनिज प्राप्त गर्नका लागि फलफूल र तरकारीलाई डाइटमा समावेश गर्नुस् ।
– चिन्ताबाट छुटकारका पाउनका लागि कम्तिमा ७० प्रतिशत कोकोसँगै डार्क चकलेटको थोरै मात्रा सेवन गर्न जरुरी ।
– इम्युनिटी बढाउनका लागि बेसार मिसाएको दुध सेवन गर्नुस् ।
– धेरैजसो बिरामीलाई हरेक कुराको गन्ध आउँछ, जसका कारण उनीहरु केही खान मन गर्दैनन् । यस्ता बिरामीले थोरै थोरै समयमा हल्का खान जरुरी छ । खानमा अमचुर (आँपको धुलो) प्रयोग गर्नुस् । यसले स्वाद बढाउँछ र यसमा समावेश भिटामिन सीले रोगबाट निको हुन पनि सहयोग गर्छ ।
– कोदो, जौजस्ता अनाजलाई खानमा समावेश गर्नुस् ।
– प्रोटिनको राम्रो स्रोत मासु, अण्डा, माछा, पनिर, सोयाबिन, बदाम र अन्य बिजहरुको सेवनले तपाईको शरीरलाई निको हुन सहयोग गर्नेछ ।
– बदाम, जैतून, सरस्युलगायत स्वस्थ तेलको प्रयोग गर्नुस् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।