बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सगरमाथा आधार शिविरबाट फर्किएका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

सगरमाथा आधार शिविरबाट फर्किएका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

मेगा खबर संवाददाता

२४, बैशाख २०७८
  • 1.2K
    SHARES

  • सगरमाथा आधार शिविरबाट फर्किएका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

    सोलुखुम्बु, सगरमाथा आधार शिविरबाट फर्किएका १२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि गरिइएको छ ।

    शिविरबाट फर्किएका दुई विदेशी सहित १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाकी स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिए । उनका अनुसार वैशाख १५ र १६ गते ११ जना, २२ गते बुधवार दुई जना, २३ गते बिहीवार चार जना, २४ गते शुक्रवार चार जनाको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ ।

    सङ्क्रमण पुष्टि भएकामध्येमा दुई जना सङ्क्रमितलाई श्वासप्रश्वासमा समस्या देखिएपछि गाउँपालिकाको आइसोलेशन सेन्टरमा राखेर उपचार सुरु गरिएको छ । अन्य आठ जनालाई होम आइसोलेशनमा राखिएको छ । याे सँगै हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ ।

    खुम्बु पासाङ ल्हामु गाउँपालिकाका १२ जनासहित सोलुखुम्बुमा कुल सङ्क्रमितको सङ्ख्या २१ पुगेको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाइएको छ । कार्यालयका अनुसार अहिलेसम्ममा चार जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ । खुम्बुपासाङ ल्हामु गाउँपालिकाबाट फिलिपिन्स र दुबईका एकएक जना विदेशी नागरिकलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको गाउँपालिकाकी स्वास्थ्य संयोजक अर्थिमाया तामाङले जानकारी दिए । 

    जिल्ला अस्पताल फाप्लुमा परीक्षण गरिएका मध्ये एक जनालाई काठमाण्डाै र एक जनालाई विराटनगर रेफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारायण शाहले जानकारी दिए । लिखु हाइड्रोपावरमा गरिएको परीक्षण सहितको तथ्याङ्कलाई आधारमा सोलुखुम्बुमा ३० जनामा कोरोना सङ्क्रमण देखिएकाे छ ।

     हाइड्रोपावरले गरेको परीक्षणलाई भने सरकारले आधिकारिक मानेको छैन । 

    शुक्रवार, बैशाख २४ २०७८०७:२६:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार