पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्वस्थ्य भएका छन् । उनलाई मंगलबार टाउको दुखेको र सामान्य ज्वरो आएको बताइएका छन् ।
मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ । उनी बिरामी परेपछि उनको आरडिटी परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
उनको पीसीआर रिपोर्ट भने आउन बाँकी छ । उनको सचिवालयका कर्मचारीमा कोरोना संक्रमण देखिएर आइसोलेसनमा बसिरहेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।