सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर १२ मा रहेको विद्यालयको क्वारेन्टाइनमा ११ महिने नाबालक सहित तीन जनामा कोरोना देखिएको छ । उनीहरुको स्वाब परिक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।
१६ गते सोमबार क्वारेन्टाइनमा राखिएका सात जनाकै स्वाब संकलन गरि टेकु अस्पताल पठाइएकोमा ३ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत दुर्गादत्त चापागाईले मेघाखबरलाई बताए । उनका अनुसार स्वाब संकलन गरि पठाइएको सात जना मध्ये ११ महिने नाबालक सहित भिमटारकै २३ र २६ बर्षका पुरुषमा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएका उनीहरुलाई मेलम्चीमा रहेको क्षेत्रीय क्वारेन्टाइनमा राखेर उपचार गरिने स्वास्थ्य अधिकृत चापागाईले जानकारी दिए ।
संक्रमित तीनैजना भारत लगायत विभिन्न जिल्लाबाट आएका हुन। थप संक्रमित हुने सम्भावनालाई मध्यनजर गर्दै सो क्षेत्रमा उच्च सर्तकता अपनाईएको छ। हालसम्म सिधुपाल्चोक जिल्लामा ३५ जनामा कोरोना पोजेटिभ देखिएको छ भने एकजनाको मृत्यु भइसकेको छ। कोरोनाको सक्रमितको संख्या वृद्धि भएसंगै सिन्धुवासीहरु चिन्तित भएका छन् ।