बारा- बारामा आज बिहान चट्याङ लागेर चार महिलाको ज्यान गएको छ । चट्यांङ लागेर ७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका–१२ की ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन रहेकी छिन् ।
चट्याङ बिहान करिब ७ः ४५ बजे खसेको थियो ।
घाइते हुनेमा स्थानीय बचवा देवी, राजपती देवी, श्रीकान्ती देवी, उमा देवी, लिलावती देवी, सपिता देवी र शीला देवी रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।