बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

रुकुममा महिलाले गरिन् श्रीमानको हत्या

रुकुममा महिलाले गरिन् श्रीमानको हत्या

मेगा खबर संवाददाता

१७, आषाढ २०७७
  • 2.0K
    SHARES

  • रुकुममा महिलाले गरिन् श्रीमानको हत्या

    रुकुम पूर्व । रुकुम (पूर्व)मा श्रीमतीले आफ्ना श्रीमानको हत्या गरेकी छन् । श्रीमतीले चिर्पटले हान्दा श्रीमान्को ज्यान गएको हो ।  सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हान्दा ज्यान गएको हो ।

    पारिवारिक विवादका कारण गए राति ११ बजेतिर श्रीमतीले श्रीमान्लाई दाउराले टाउकामा हान्दा ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए ।  उनका अनुसार आज बिहान मात्र घटनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको छ । मृतक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगेको जनाइएको छ । धेरै रगत बगेकै कारण मृत्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताए ।  

    घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको र रेश्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदै छ । 

    बुधवार, आषाढ १७ २०७७०४:३२:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार