बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

निषेधाज्ञामा पत्रकारले अफिसको परिचयपत्र बोकेर आवतजावत गर्न पाउने

निषेधाज्ञामा पत्रकारले अफिसको परिचयपत्र बोकेर आवतजावत गर्न पाउने

मेगा खबर संवाददाता

१५, बैशाख २०७८
  • 2.5K
    SHARES

  • निषेधाज्ञामा पत्रकारले अफिसको परिचयपत्र बोकेर आवतजावत गर्न पाउने

    काठमाडौं, भोलिदेखि उपत्यकामा हुने निषेधाज्ञामा पत्रकारहरूले आफूले काम गरेको सम्बन्धित कार्यालयबाट जारी भएको परिचयपत्र बोकेर आवतजावत गर्न पाउने भएका छन् ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अनुसार अत्यावश्यक सेवाका रूपमा पत्रकार र सञ्चारकर्मी तथा सम्बद्ध मिडियामा कार्यरत कर्मचारीका लागि सञ्चार गृहबाट जारी परिचयपत्र बोकेर हिँडेमा आवागमन तथा हिँड्डुलमा रोक लगाइने छैन ।

    निषेधाज्ञाको समयमा आवागमन गर्ने सञ्चारकर्मी र मिडियाका हाउसका कर्मचारीहरूलाई सूचना विभागबाट जारी परिचयपत्र बाहेक पनि सम्बन्धित सञ्‍चारगृहबाट जारी परिचयपत्रका आधारमा आवागमन गर्न दिइनेछु उनले भनेका छन् ।

    आवतजावत गर्न पाइने भन्दैमा कामबिना तथा अनावश्यक रूपमा ओहोरदोहोर नगर्न पनि उनको सुझाव दिएका छन् । 

    बुधवार, बैशाख १५ २०७८०५:२२:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार