बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

पानी परेपछि सलहको जोखिम कम हुने

पानी परेपछि सलहको जोखिम कम हुने

मेगा खबर संवाददाता

१७, आषाढ २०७७
  • 1.6K
    SHARES

  • पानी परेपछि सलहको जोखिम कम हुने

    काठमाडौं । अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मंगलबार काठमाडौंमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ ।

    शनिबार रुपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने विज्ञहरुको भनाइ छ । वरिष्ठ कृषिविज्ञ डा.केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । उहाँले काठमाडौंमा देखा परेको सलहको झुण्ड ठूलो होइन भन्नुभयो ।

    नेपालमा मनसुन शुरु भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ । पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ ।

    बुधवार, आषाढ १७ २०७७१२:५४:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार