बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालले आफ्नो अन्तर्राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताकै दोस्रो ठूलो स्कोर बनायो

नेपालले आफ्नो अन्तर्राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताकै दोस्रो ठूलो स्कोर बनायो

मेगा खबर संवाददाता

९, बैशाख २०७८
  • 1.8K
    SHARES

  • नेपालले आफ्नो अन्तर्राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताकै दोस्रो ठूलो स्कोर बनायो

    काठमाण्डाै - त्रिदेशीय टी-ट्वान्टी क्रिकेट श्रृङ्खला अन्तर्गत मलेसियासँगको खेलमा नेपालले आफ्नो अन्तर्राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताकै दोस्रो ठूलो स्कोर बनाएको छ ।

    मलेसियासँगको खेलमा नेपालले सात विकेट गुमाएर दुई सय १७ रन बनायो, यो स्कोर नेपालले बनाएको सर्वाधिक दोस्रो ठूलो स्कोर हो । नेपालले सबैभन्दा धेरै रन भुटानसँगको खेलमा बनाएको थियो । सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा कीर्तिपुर मैदानमै भुटानसँगको खेलमा नेपालले तीन विकेट गुमाएर दुई सय ३६ रन बनाएको थियो ।

     स्कोर नै नेपालले अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटमा बनाएको सर्वाधिक ठूलो स्कोर हो । सर्वाधिक धेरै रन बनाउने क्रममा नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा एक सय सात रन बनाएका थिए । मल्लले ९ छक्का र ५ चौका प्रहार गरेका थिए । बिहीवार दोस्रो ठूलो स्कोर बनाउने क्रममा नेपालले मलेसियासँगको खेलमा दुई सय १७ रन बनायो । नेपालका करण केसीले विष्फोटक ब्याटिङ गरे ।

     

     

    बिहिवार, बैशाख ९ २०७८०३:३१:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार