काठमाडौं, सहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियमले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । बेल्जियमको जितमा चार्ल्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले एक–एक गोल गरे ।
खेलको नवौं मिनेटमा चार्ल्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै अमेरिकालाई बराबरीमा फर्काए ।
त्यसको दुई मिनेटमै बेल्जियमले दोस्रोपटक अग्रता लियो । केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रतामा पु¥याए । खेलको ५७औं मिनेटमा भानकेनले गोल गर्दै बेल्जियमको अग्रताको दूरी बढाए ।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ४–१ को जित दिलाए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।