काठमाण्डाै, त्रिदेशीय टी–२० शृङ्खला अन्तर्गत नेदरल्याण्ड्स र मलेसियाबीचकाे खेल बराबरीमा सकिएको छ ।
पटक–पटक पानी परेर बिथोलिएको खेलमा मलेसियाले जितका लागि १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो । तर मलेसियाले १० ओभरमा चार विकेट गुमाएर ९१ रन मात्रै बनाएपछि खेल बराबरीमा सकियो र दुवै देशले एकएक अङ्क बाँडेका छन् ।
यसअघि पानी परेपछि १३ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले १३ ओभरमा चार विकेट गुमाएर एक सय सात रन बनायो । उसका लागि बेन कुपरले अविजित ५४ रन बनाए । मलेसियाका मोहम्मद वाफिकले दुई विकेट लिए ।
नेदरल्याण्ड्सले १० ओभर दुई बलमा तीन विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा पानी परेपछि खेल केहीबेर रोकिएको थियो । आजको खेल बराबरी भएसँगै नेदरल्याण्ड्स र नेपाल फाइनलमा पुगेका छन् । मलेसिया भने बाहिरिएको छ ।
नेदरल्याण्ड्सको पाँच अङ्क भएको छ भने नेपालको चार अङ्क रहेको छ । मलेसिया एक अङ्कसहित पुछारमा छ । भोलि नेपालले मलेसियासँग खेल्नेछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।