काठमाण्डाै, इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी चौथो स्थानमा पुग्न सफल भएको छ ।
गएराति भएको खेलमा ब्राइटनसँग गोलरहित बराबरी खेलेसँगै ड्रमार्फत चेल्सी शीर्ष ४ मा पर्न सफल भएको छ । खेलको अतिरित्त समयमा पनि दुवै समूहबाट गोल हुन नसकेपछि ड्रमार्फत खेलको छिनोफानो गरिएको हो ।
लिगमा म्यानचेस्टर सिटी ७४ अंकसहित शीर्ष स्थानमा रहेको छ । यस्तै म्यानचेस्टर युनाइटेड ६६ अंक सहित दोस्रो स्थानमा र लिचेस्टर सिटी ५६ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
चौथो स्थानमा पुगेको चेल्सीको ५५ अंक रहेको छ । यस्तै इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज चेल्सी र ब्राइटन खेल्दैछन् । खेल राति पौने एक बजे सुरु हुनेछ ।
ब्राइटनसँग विजयी भएमा पाँचौ स्थानमा रहेको चेल्सी तेस्रो स्थानमा पुग्नेछ । ब्राइटन विजयी भए १६ औँ स्थानबाट सुधार गर्दै १५ औ स्थानमा पुग्नेछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।