बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मलेसियामाथि नेपालकाे सानदार जित

मलेसियामाथि नेपालकाे सानदार जित

मेगा खबर संवाददाता

६, बैशाख २०७८
  • 1.6K
    SHARES

  • मलेसियामाथि नेपालकाे सानदार जित

    काठमाण्डाै, त्रिदेशीय टी–२० क्रिकेट प्रतियाेगिता अन्तर्गत साेमवार भएकाे खेलमा नेपालले मलेसियामाथि सानदार जित हासिल गरेकाे छ ।

    मलेसियाले दिएकाे एक सय १० रनकाे लक्ष्य पछ्याएकाे नेपालले एक विकेटकाे क्षतिमा १२ ओभर १ बलमा एक सय १३ रन बनायाे । नेपालका लागि कुशल भुर्तेलले ४१ बलमा ६१ रनकाे अविजित पारी खेले । त्यस्तै आसिफ शेख २९ बलमा ४२ रन बनाएर आउट भए । कुशल र आसिफले ६७ बलमा एक सय दुई रनकाे साझेदारी गरेका छन् ।

    आशिफ आउट भएपछि क्रिजमा आएका दीपेन्द्र सिंहले ३ बलमा ६ रन जाेडे । यसअघि टस हारेर ब्याटिङ गरेकाे मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै एक सय नाै रन बनाएकाे थियाे ।  मलेसियालाई थोरै रनमा समेट्न नेपालका करण केसीले तीन, सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, शाहब आलम र कुशल मल्लले एकएक विकेट लिएका छन् ।

    नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियाे भने मलेसिया आइतवार (हिजो)नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ । नेपालले भने भोलि नेदरल्याण्ड्सँग खेल्नेछ ।  

    सोमवार, बैशाख ६ २०७८०५:०१:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार