नेपाल विद्यार्थी संघले विद्यार्थीको स्वास्थ्य माथिको खेलवाड वन्द गर्न सरकार संग माग गरेको छ ।
प्रत्येक दिन देशभर सन्क्रमित संख्या बढीरहँदा समेत त्यसप्रति सरकारको अकर्मण्यता र लाचारीपुर्ण व्यबहारले विद्यार्थीहरूको स्वास्थ्य र भविष्यमाथी ठुलो खेलवाड भैरहेको भन्दै संघका अध्यक्ष राजिब ढुंगानाले एक बिज्ञप्ति मार्फत सरकारको लाचारी प्रति रोष प्रकट गरेका छन ।
ने।बि संघका महामन्त्री बलदेव तिमल्सिनाले विद्यार्थीहरु सन्क्रमित र संक्रमणकै कारण मृत्युु भैसक्दा समेत सरकार गम्भीर नहुनुले यो सरकार रहुन्जेल सम्म नेपाली नागरिकको बाँच्ने हक सुरक्षित हुन सक्दैन र यो सरकार जनतालाइ राहत होइन आहत दिन उद्यत छ भन्ने कुराको स्वयं सरकारको प्रत्येक गतिविधिले पुष्टि गरिरहेको बताए ।
कोरोना संक्रमणको उच्च जोखिम दिन प्रतिदिन बढीरहेको सन्दर्भमा सबै विद्यालय, बिश्व बिद्यालय,क्याम्पस,कलेज र शिक्षालय लगाएतका शिक्षण संस्थाहरूमा स्वास्थ्य सावधानी र सतर्कताको तत्काल बिशेष ब्यवस्था गर्न र सबै विद्यार्थी हरुलाइ तत्काल खोपको पुर्ण ब्यबस्था गर्न सरकार संग माग गरिएको महामन्त्री तिमल्सिनाले बताए ।
संघका महामन्त्री तिमल्सिनाले येस्तै संक्रमण बढिरहेमा जोखिममा रहेका स्थानका शिक्षण संस्थाहरुमा केहि समयका निम्ति प्रत्यक्ष भौतिक उपस्तिथिमा गरिने पठनपाठन लाई बैकल्पिक पद्धति मार्फत सिकाइ प्रक्रिया सुचारु गरिनुपर्ने पनि बताए ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।