मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

खानी तथा खनिज पदार्थ विधेयकमा ३५ संशोधन प्रस्ताव, आज दफावार छलफलका लागि समितिमा पठाइँदै

खानी तथा खनिज पदार्थ विधेयकमा ३५ संशोधन प्रस्ताव, आज दफावार छलफलका लागि समितिमा पठाइँदै

मेगा खबर संवाददाता

८, भाद्र २०८३
  • 550
    SHARES

  • खानी तथा खनिज पदार्थ विधेयकमा ३५ संशोधन प्रस्ताव, आज दफावार छलफलका लागि समितिमा पठाइँदै

    काठमाडौं, खानी तथा खनिज पदार्थसम्बन्धी नयाँ कानुन बनाउन ल्याइएको विधेयकमा सांसदहरूले ३५ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । खानी तथा खनिज पदार्थ विधेयक,२०८३ माथि सांसदहरूले ३५ समूहमा संशोधन प्रस्ताव राखेका हुन् ।

    उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले १४ साउनमा प्रतिनिधिसभामा दर्ता गराएको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता भएको हो ।

    प्रतिनिधिसभाको सोमबार बस्ने बैठकले विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ ।

    सरकारले संघीय शासन प्रणालीअनुसार संघ, प्रदेश र स्थानीय तहको अधिकार तथा जिम्मेवारी स्पष्ट पार्दै खानी तथा खनिज क्षेत्रलाई व्यवस्थित बनाउन विधेयक ल्याएको हो ।

    सोमवार, भाद्र ८ २०८३१२:०७:३६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार