काठमाडौं, नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै खुलामञ्चमा प्रतिनिधि तथा समर्थकहरूको चहलपहल बढेको छ ।
महाधिवेशनमा सहभागी हुन काठमाडौंका विभिन्न स्थानबाट आएका नेता–कार्यकर्ता तथा प्रतिनिधिहरू समूह बनाएर पञ्चेबाजा, झाँकी र र्यालीसहित खुलामञ्च प्रवेश गरिरहेका छन् ।
विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले आफ्नो क्षेत्रको पहिचान झल्काउने झाँकी र सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्दै महाधिवेशन स्थल प्रवेश गरेका छन् । उद्घाटनको समय नजिकिँदै जाँदा खुलामञ्च आसपास कांग्रेस समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।