काठमाडाै, इकु नामक पात्रमा रहेका अभिनय गरेपछि कलाकार सुलेमान शंकर हिट भएका छन् ।
मेरी बास्सै’ नामक हाँस्य सिरियलमा उनले यो पात्रको अभिनय समेत गरेका थिए । पछि,यो सिरियलबाट बाहिरिएपछि उनले ‘इकु’को नाममा २ वटा चलचित्र समेत बनाएका छन् ।
अब दर्शकले फेरि उनलाई पर्दामा ‘इकु’को भूमिकामा हेर्न पाउने भएका छन् । मरिचमान श्रेष्ठ र राजु पौडेलको निर्देशनमा तयार भैरहेको ‘हल्का रमाइलो’ नामक कमेडी सिरियल मार्फत इकु सानो पर्दामा फर्किएका छन् ।
नयाँपन दिनका लागि इकुलाई श्रृङ्खलामा भित्राइएको निर्देशक श्रेष्ठले बताए । इकुले भने–‘मलाई दर्शकले विभिन्न कार्यक्रममा जाँदा इकुको भूमिकामा देखिनका लागि आग्रह गरिरहेका थियो । मलाई पनि टेलिभिजनमा देखिन मन लागेको थियो । दर्शकको चाहना अनुसार फेरि फर्किएको छु ।
आफ्नो चरित्रको बारेमा थाहा नभएको भन्दै टेलिभिजनमा फर्किन पाएकोमा खुशी व्यक्त गरेाका छन् । यस सिरियल हरेक आइतबारको बेलुकी ९ बजेबाट नेपाल टेलिभिजनमा प्रशारण हुँदै आइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।