बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विराट गोल्डकपमा नेपाल पुलिसलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ सेमिफाइनलमा प्रवेश

विराट गोल्डकपमा नेपाल पुलिसलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ सेमिफाइनलमा प्रवेश

मेगा खबर संवाददाता

३१, चैत्र २०७७
  • 2.1K
    SHARES

  • विराट गोल्डकपमा नेपाल पुलिसलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ सेमिफाइनलमा प्रवेश

    काठमाडाै, विराट गोल्डकपमा नेपाल पुलिसलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ ।

    विराटनगर सहिद रङ्गशालामा राति भएको तेस्रो क्वार्टरफाइनल खेलमा एपीएफले पुलिसलाई २-० गाेलले हराएकाे हाे । एपीएफका मणि लामाले खेलको ४६ औं र आशिष लामाले ९० औं मिनेटमा गोल गरेका छन् ।

    एपीएफले पहिलो सेमिफाइनल खेल घरेलु टिम विराटनगर-११ सँग खेल्नेछ । विराटनगर भारतको सिक्किम युनाइटेड र वेस्ट बङ्गालको टिमलाई हराउँदै सेमिफाइनलमा पुगेको छ ।

    पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि जितेको थियो । आज भने सङ्कटा र अफ्रिकन रुट्स खेल्दैछन् ।

    मंगलवार, चैत्र ३१ २०७७०९:०७:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार