बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

आइपीएल क्रिकेटको मुम्बई इन्डियन्ससँगकाे खेलमा बेङ्ग्लाेर विजयी

आइपीएल क्रिकेटको मुम्बई इन्डियन्ससँगकाे खेलमा बेङ्ग्लाेर विजयी

मेगा खबर संवाददाता

२८, चैत्र २०७७
  • 1.3K
    SHARES

  • आइपीएल क्रिकेटको मुम्बई इन्डियन्ससँगकाे खेलमा बेङ्ग्लाेर विजयी

    इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको १४ औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेर विजयी भएको छ ।

    मुम्बई इन्डियन्सलाई दुई विकेटले पराजित गर्दै बेङ्ग्लाेर विजयी भएको हो । मुम्बईको कप्तानी रोहित शर्मा र बेङ्ग्लाेरको कप्तानी विराट कोहलीले गरेका थिए ।

    चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो । १६० रनको लक्ष्य पाएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लाेरले २० ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको छ ।

    बेङ्ग्लाेरको जितका लागि एबी डेबिलियर्सले सबैभन्दा धेरै ४८ रन बनाएका थिए । उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रनको योगदान दिएका थिए ।

    शनिवार, चैत्र २८ २०७७०७:०८:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार