बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस सुवेदीको पुगेन योग्यता ( विज्ञप्ति सहित)

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस सुवेदीको पुगेन योग्यता ( विज्ञप्ति सहित)

मेगा खबर संवाददाता

२७, चैत्र २०७७
  • 3.1K
    SHARES

  • सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस सुवेदीको पुगेन योग्यता ( विज्ञप्ति सहित)

    काठमाण्डाै, सर्वोच्च अदालत बार एसाेसिएशनले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको नियुक्ति र छनोट प्रक्रिया गलत रहेको बताइएको छ ।

    न्याय परिषदबाट गएकाे फागुन २८ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस सुवेदीको योग्यता नपुगेको बार एसाेसिएशनले बताए ।

    सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्त हुन उच्च अदालतमा न्यायाधीशका रूपमा पाँच वर्ष काम गरेको हुनुपर्ने तर सुवेदीको हकमा तीन वर्ष दुई महिना तीन दिनमात्र काम गरेको देखिएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले बताए ।संविधानकाे धारा १२९ (५) मा कानुनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतकाे मुख्य न्यायाधीश वा न्यायाधीशकाे पदमा कम्तीमा पाँच वर्ष काम गरेकाे नेपाली नागरिक सर्वाेच्च अदालतकाे न्यायाधीशकाे पदमा नियुक्तिका लागि याेग्य मानिनेछ भन्ने व्यवस्था गरिएकाे छ ।

    सम्मानित सर्वाेच्च अदालतकाे मुख्य रजिस्ट्राकाे पदमा तत्काल कार्यर रहेकाे अवस्थामा नहकुल सुवेदीकाे उच्च अदालतकाे मुख्य न्यायाधीशका रूपमा मिति २०७४०९२५ मा नियुक्ति भएकाे देखिन्छ । न्याय परिषदबाट मिति २०७७११२८ मा सिफारिस गर्दाका मितिसम्म उनले मुख्य न्यायाधीशकाे पदमा रहेर तीन वर्ष दुई महिना तीन दिनमात्र काम गरेकाे देखिन्छ’,विज्ञप्तिमा समेत उल्लेख रहेको छ । 

    बार एसाेसिएशनले न्याय परिषद् र संसदीय सुनुवाइका सभापतिको ध्यानाकर्षण समेत गरेको सर्वोच्च बारले निकालेको विज्ञप्तिमा उल्लेख रहेको छ । 

    शुक्रवार, चैत्र २७ २०७७०३:४९:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार